शिक्षा

शिक्षक महासङ्घले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलन घोषणा 

१९ वैशाख ,काठमाडौँ।  शिक्षक महासङ्घले सरकारसँग सम्झौता गरेर आफूहरूलाई ढोका दिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा जारी संयुक्त विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो।

परिषद्ले वैशाख २१ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा कालो पट्टि बाधेर सहभागी हुने बताएको छ। कक्षा १२ को परीक्षा आगामी जेठ ३ गतेसम्म हुनेछ।  

महासङ्घले रहस्यमय ढङ्गबाट सरकारसँग सम्झौता गरेर धोका दिएको परिषद्ले बताएको छ। वार्ताको बाहानामा महासङ्घले अल्पमतको बेवास्ता गरेको आरोप छ। 

विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई महासङ्घले धोका दिएको भन्दै जेठ ९ र १०  गते माइतीघरमा उपस्थित भएर आन्दोलनमा सहभागी हुन परिषद्ले आग्रह गरेको छ।