१९ वैशाख ,काठमाडौँ। काठमाडौँ महानगरपालिकाको फोहोर बोकेर ल्यान्ड फिल साइट बन्चारेडाँडा गएका २०० सय भन्दा बढी ट्रीपरलाई नुवाकोटका स्थानीय जनताले अवरोध गरेका छन् ।
आफूहरूलाई तरकारी बेच्न जाँदा बालाजु क्षेत्रमा नगर प्रहरीले दुख दिएको भन्दै स्थानीयले फोहोर बोकेका ट्रीपरलाई अवरोध गरेका हुन्।
अहिले महानगरको तर्फबाट स्थानीयसँग छलफल जारी रहेको बताइएको छ। स्थानीयले ढुङ्गा राखेर बाटो अवरुद्ध बनाएको बताइएको हो। फोहोर बोकेका गाडी ककनी-१ मा अड्किएका हुन्।
यस अघि पनि फोहोरका कारण स्थानीयलाई गम्भीर असर गरेको भन्दै विभिन्न माग राखेर स्थानीय पालीकाले महानगरका गाडीलाई बन्द गराएका थिए। महानगरको पहलमा वार्ता र संवाद पछि सहमति बनेको थियो।