बाबुराम आचार्य / धार्मिक, सामाजिक, नैतिक, वैज्ञानिक, ऐतिहाशिकलगायतका कारणहरुले एउटै गोत्रभित्र विवाह गर्नु हुन्न भन्ने मूल्य मान्यता बिशेषगरी हिन्दु समाजमा स्थापित छ । यति हुँदाहुँदै पनि एउटै गोत्रभित्र विवाह भएका दृष्टान्त हाम्रै समाजमा प्रशस्त मेट्न सकिन्छ । एउटै गोत्रभित्र पछिल्लो आधुनिक समाज मात्र होइन, धेरै पुस्ता अगाडीका अग्रजहरूले पनि गर्ने गरेको पाइएको छ । विवाह गर्दा मावली थर, गोत्र, जात हेर्ने परम्परा पुरानै भए पनि यी लागू हुने अवस्थामा देखिएका छैनन् । समाजमा विभिन्न थरका, धार्मिक, सामाजिक, सङ्घ–संस्थाहरू भए पनि एउटै गोत्रभित्र विवाह गर्न हुन्न भनेका तर रोक्न नसकेको देखिन्छ । एउटै गोत्र भित्र विवाह गर्न हुन्न नै भने, संविधान र कानुनले हार्ड नाता कानुन अनुसार कारबाही हुने जसरी नै कारबाही गरेर रोक्नुपर्ने आवश्यकता देखिन्छ भने बहिबहा गर्न नहुने तर विवाह गर्दा समाज र सरोकारवाला व्यक्ती वा संस्था नबोल्ने हो भने त्यस प्रकारबाट समाज धमिलिन्छ, समाजका अनुशासित र परम्परा मान्ने युवाहरू अन्योलमा पर्दछन्, सक्दा सरकारले नै यस्ता प्रकारका विषयमा स्पष्ट धारणा बनाउन जरुरी छ नसके सरोकारवाला जस्तै पञ्चाङ्ग निर्णायक समिति, पशुपति विकास कोष, अन्य अन्तर्राष्ट्रिय स्तरका धार्मिक सङ्घ संस्थाहरूले यसको निकास निकाल्न अनिवार्य देखिएको छ । कौडिन्य गोत्रीय महासाजले एउटै गोत्रभित्र विवाह किन गर्नु हुन्न ? भन्ने विषयमा औपचारिक तथा अनौपचारिक विभिन्न छलफलहरू चलाएको छ, यस प्रकारका छलफलहरू चलाउँदै जाने छ, अन्य विभिन्न थरका समाजहरूले पनि यस प्रकारका छलफलहरू गरेर एउटा निष्कर्ष निकाल्नुपर्छ भन्ने समाजको सबैभन्दा महत्त्वपूर्ण अहिलेको विवाह सम्बन्धी विषयलाई अन्योलमा राख्नुहुन्न, यसको निर्क्योल गर्नपर्छ । अनुसन्धानका लागि सबै सरोकारवालालाई हार्दिक आह्वान गर्दै यसका लागि कि एउटै गोत्रभित्र विवाह गर्न हुन्छ भनेर टुंग्याउनुपयो, कि त कुनै पनि हालतमा एउटै गोत्रभित्र विवाह गर्न हुन्न भनेर कानुनमै व्यवस्था गरेर रोक्नुपर्यो, अव यस विषयमा अन्योल, ढुलमुल बस्ने छुट, सरोकारवालालाई छैन ।
गोत्र भनेको के हो ?
सामान्यतया: एक मूल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषि वंश नै गोत्र हो । अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैश्विक कालमा ऋषि मुनीहरूले आफ्ना सन्ततिहरूको पहिचान कालागि आफ्नो नामलाई सङ्केत शब्दको रूपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ ।
गोत्र नामवाचक संस्कृत शब्द हो । जसको अर्थ ऋषिमुनिका नामबाट चलिआएको पुर्ख्यौली चिनाउने उपनाम, कुल वा वंश हुन्छ । गोत्र खास गरी ऋषि कुलका सन्तान वा जुन ऋषिबाट शिक्षा लिइन्छ, तिनै ऋषि गुरुहरूबाट चेलाहरूको गोत्र कायम भएको बुझिन्छ । सोझो अर्थमा भन्नुपर्दा कयौँ वंशहरूको समूह गोत्र हो । एउटै गोत्र हुनुलाई सगोत्री भनिन्छ । सगोत्रलाई दाजुभाइ–दिदीबहिनी मानिन्छ । त्यसैले सगोत्र बिच विवाह गर्न र दान, दक्षिणा लिन र दिन नहुने कुराको मूल्य मान्यता हिन्दु तथा नेपाली समाजमा रहेको छ ।
गोत्र प्रवर्तक यति नै ऋषि थिए भन्न सकिने अवस्था नभए पनि प्रा. बालकृष्ण पोखरेलले जम्मा गोत्र ४२ रहेको बताउँछन् ।
१) काश्यप (कश्यप)
२) वस्त
३) कौण्डिण्य
४) भारद्वाज
५) कौशिक
६) अत्रि (आत्रेय)
७) वसिष्ठ
८) घृतकौशिक
९) मौद्गल्य
१०) धनञ्जय
११) गर्ग
१२) उपमन्यु
१३) विश्वामित्र
१४) गौतम
१५) जमदग्नि
१६) कात्यायन
१७) पराशर
१८) शाकटायन
१९) सवर्ण
२०) वृहस्पति
२१) अगस्ति
२२) कनपट
२३) मिहिल
२४) शाण्डिल्य
२५) साङ्कृत्य
२६) शौनक
२७) कृष्णा त्रि
२८) हारित
२९) आला बुक
३०) विष्णु वृद्धि
३१) कृष्णा वसु
३२) शिशिहिर
३३) आङ्गिरस
३४) कपिल
३५) मौनस
३६) वैयाद्य
३७) माण्डव्य
३८) भार्गव
३९) मिहिर
४०) काशी
४१) कौशल
४२) शैनाम
छुटेका भए कृपया सुझाव दिन अनुरोध छ:
गोत्रको विषयमा समाज शास्त्री लुइस मोर्गन, फेरिडक एन्गेल्शले गोत्रबारेमा गहन अध्ययन गरेका छन् । उनीहरूले गोत्र महिलाबाट सुरु भएको, त्यसपछि बिस्तारै पुरुषतिर गएको र छरा बाट सुरु भएको जस्ता तर्क दिएका छन् । नेपाली तथा भारतीय सिन्धु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिन्धु– घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिन्धु–सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दुका विभिन्न थरहरू हुन्छन्।
गोत्र हिन्दु समाजमा एक प्राचीन वंश परम्पराको परिचय हो, जुन कुनै ऋषिमुनिबाट सुरु भएर बाबु, छोरा, नाति हुँदै अघि बढ्ने मानिन्छ। यो प्रणाली वैदिक कालदेखि चलिआएको हो, जहाँ ऋषिहरूले आफ्ना सन्तानहरूलाई पहिचान दिन आफ्नो नाम प्रयोग गर्थे। त्यसैले विभिन्न थरहरू विभिन्न गोत्रमा बाँडिएका छन्। एउटै गोत्र भएका व्यक्तिहरूबिच विवाह गर्न नपाइने चलन छ, किनभने उनीहरू एउटै मूल पुरुषका सन्तान मानिन्छन्। नेपालमा भने जात बाहेक अरूले खासै गोत्रको ख्याल नगर्ने पाइन्छ। गोत्रले कुल र वंश छुट्टाउने महत्त्वपूर्ण आधार दिन्छ।
एउटै गोत्रभित्र विवाह गर्न नहुने मान्यता धार्मिक मात्र होइन, यसको वैज्ञानिक, ऐतिहासिक र सामाजिक पक्ष पनि छन्। तल यी सबै कारणलाई स्पष्ट रूपमा व्याख्या गरिएको छस्
१. वैज्ञानिक कारण:
जेनेटिक विविधताको अभाव (Lack of genetic diversity) एउटै गोत्रभित्रका व्यक्तिहरू समान वंश (gene pool) बाट आएका मानिन्छन्। यदि यिनीहरूबिच विवाह भयो भने आनुवंशिक समस्याहरू, जस्तै जन्मजात रोग, अपाङ्गता, मानसिक समस्या आदि हुने सम्भावना बढ्छ।
इनब्रिडिङ (indreeding) को जोखिम: लगातार एउटै वंशभित्र विवाह गरिँदा कमजोर जिनहरू सन्तानमा दोहोरिन सक्छन्, जसले जैविक रूपमै कमजोरी ल्याउँछ।
२. धार्मिक कारण:
ऋषि वंशको सम्मान: हिन्दु धर्म अनुसार गोत्र कुनै ऋषिबाट सुरु भएको वंश हो। त्यही वंशका मानिसहरूले आपसमा विवाह गर्नु उनीहरूकै परम्परा र ऋषिको अपमान मानिन्छ।
धार्मिक ग्रन्थको निर्देशन: मनुस्मृति र अन्य धर्मशास्त्रहरूमा एउटै गोत्रमा विवाह वर्जित गरिएको छ। यसलाई‘सपिण्ड’ सम्बन्ध भनिन्छ — जसको अर्थ ७ पुस्तासम्म नजिकको नाताले विवाह गर्न नहुने।
३. ऐतिहासिक कारण:
कुल वंशको संरक्षण: प्राचीन समाजमा वंश र कुलको शुद्धता जोगाउन एउटै गोत्रभित्र विवाह गर्न नदिने चलन थियो।
समाज व्यवस्थापन: एउटै गोत्रका मानिसहरू सामान्यतया एउटै समुदाय वा गाउँमा हुन्थे। त्यसैले आपसी विवाहले सामाजिक सम्बन्धहरू जटिल बनाउन सक्थ्यो।
४. सामाजिक/नैतिक कारण:
भाइबहिनी समान मान्यता: एउटै गोत्रका मानिसहरूलाई भाइबहिनी सरह मानिन्छ। त्यसैले उनीहरूबिच विवाहलाई अनैतिक ठानिन्छ।
सन्तानको हित: समाजले यस्तो नियमहरू राखेको कारणमध्ये एक मुख्य उद्देश्य सन्तानको स्वास्थ्य, मानसिकता, र सामाजिक स्वीकार्यता हो।
निष्कर्ष:
एउटै गोत्रभित्र विवाह निषेधको चलन केवल धार्मिक मान्यतामा मात्र नभई वैज्ञानिक, सामाजिक र ऐतिहासिक सोचमा आधारित छ। यसले व्यक्तिको स्वास्थ्य, समाजको संरचना, र धर्म–संस्कृतिको संरक्षणमा योगदान पु¥याएको छ त्यसैले एउटै गोत्रभित्र बिबाह गर्नु हुन्न भन्ने परम्परालाई सबैले मानौँ, एउटै गोत्रभित्र विवाह गर्ने कार्य कसैले देखे सुनेमा निस्तेज गर्ने प्रयास गरौँ । युवा पुस्ताले गोत्रलाई एउटै थरलाई माने पनि गोत्रभित्रमा खासै महत्त्व दिएको देखिन्छ, अलि नैतिक र समाजको परम्परालाई मान्ने अनि बुढापाकाका कुरा सुन्ने युवालाई भने यस विषयमा अन्यौलता छाएको देखिन्छ, त्यसैलाई आधार मानेर समाजले यस्ता सामरिक महत्वका विषयहरूलाई सदाका लागि अन्त्य गर्नुपर्छ ।
लेखक कौडिन्य गोत्रीय महासमाज (www.kaugmas.org) तथा आचार्य बन्धु समाज नेपाल (www.acharyasamaj.org)का केन्द्रीय अध्यक्ष हुन् ।)

विवाहको सांकेतिक तस्विर