समाचार

शिक्षकहरूले ५२ प्रतिशत विद्यार्थीको भविष्यलाई १० कक्षामै ‘चट’ बनाइदिए: प्रधानमन्त्री ओली 

१९ वैशाख ,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरू फेल हुँदा पनि गम्भीर नभएको आरोप लगाएका छन्। 

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी एसइईमा फेल हुँदा पनि  शिक्षकलेले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्। 

आफूलाई सामाजिक सञ्जालमा एक शिक्षकले गाली गरेको बताउँदै प्रधानमन्त्री ओलीले ४८ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउनु नै उत्कृष्ट काम गरेको जस्तो गरेको बताए। शिक्षकहरूले कलकलाउँदा प्रतिभाहरूको भविष्यलाई १० कक्षामै चट बनाइदिएर खत्तम पारेको बताए। उनले यस विषयलाई शिक्षकहरूले मज्जाको रूपमा लिएको बताए। 

नेपाली विद्यार्थीहरू एकदमै सक्षम रहेको तर उचित अवसर नपाएको प्रधानमन्त्री ओलीको भनाइ छ।