शिक्षा

शिक्षा ऐन आउने- शिक्षा प्रणालीलाई अनुसन्धानमुखी बनाइने

१९ वैशाख ,काठमाडौँ । सरकार विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्न कानुनी र नीतिगत पहलमा जाने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिइएको उल्लेख छ। विद्यालय तहमा देखिएको चुनौती समाधान गर्न विशेष कानुनी व्यवस्था गरिने बताइएको छ।

साथै, विश्वविद्यालय शिक्षा प्रणालीलाई अनुसन्धानमुखी बनाइने घोषणा गरिएको छ। “विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धानमा केन्द्रीत गरिने छ,” राष्ट्रपति पौडेलले बताए।