समाचार

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने: आपसी समझदारीमा संविधान संशोधन गरिने छ 

१९ वैशाख ,काठमाडौँ।  सरकारले सङ्घीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा संविधान संशोधन हुने जानकारी दिएका छन्।

 उनले संविधानमा रहेका कमीकमजोरीलाई सच्याउन संविधान संशोधन गर्ने बताएका हुन्। देशमा अराजकता फैलाउने गणतन्त्र विरोधीलाई पनि कडा प्रतिवाद गर्ने उनको भनाइ छ। आपसी समझदारीमा संविधानमा जरुरी रहेका विषयमा संशोधन गरिने बताइएको हो। 

बैठकमा सरकारका प्रधानमन्त्री मन्त्रीहरू,प्रतिनिधि सभाका सदस्य तथा राष्ट्रिय सभाका सदस्यहरू बैठकमा उपस्थित छन्। सरकारले यही नीति तथा कार्यक्रमको आधारमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने छ ।