समाचार

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन केन्द्र बनाइने छ: राष्ट्रपति 

१९ वैशाख ,काठमाडौँ। सरकारले काठमाडौँको  भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रूपमा विकास गर्ने बताएको छ। 

आज सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। 

आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। यही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट तय गरिने छ। सरकारले आगामी जेठ १५ गते बजे ल्याउँदै छ।