१९ वैशाख ,काठमाडौँ। सरकारले कम्पनी नवीकरण गर्नको लागी नयाँ व्यवस्था गरेको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अब कम्पनी नवीकरण गर्न सामाजिक सुरक्षाको प्रमाणपत्र चाहिने नियम बनाएको हो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने,’ योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ। सबै प्रकृतिका जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गरिनेछ।’
त्यस्तै कम्पनी, संस्था, सहकारी, फर्म तथा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ।’ भनिएको छ।