१९ वैशाख ,काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रमलाई गन्तव्यविहीन योजना भन्दै टिप्पणी गरेका छन्। आज संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले योजनाविहीन नीति तथा कार्यक्रम भएको बताएका हुन्।
उनले जस्तो सरकार नीति पनि त्यही अनुसार आएको बताए। अलमल्लमा परेको सरकारको नीति पनि उस्तै रहेको नेता पुनको प्रतिक्रिया छ।
नीति तथा कार्यक्रम संसद् छल्ने मनसायका साथ ल्याइएको उनले आरोप लगाए। सरकारले आफूखुसी बजेट बनाउन यस्तो नीति ल्याइएको हुन सक्ने भन्दै नेता पुनले शङ्का व्यक्त गरेका हुन्।
नीति तथा कार्यक्रमले राष्ट्रिय प्राथमिकता, दीर्घकालीन विकास रणनीति र तत्कालीन समस्याहरूलाई सम्बोधन गर्न नसकेको जनाउँदै अब आउने बजेट पनि यसकै आधारमा आउने र आम जनतामा निराशा मात्र बढाउने नेता पुनले जिकिर गरे।