१९ वैशाख, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमार्फत आज प्रस्तुत गरेको छ। नीतिको सार्वजनिक विवरण पछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा कुनै नौलोपन नदेखिएको टिप्पणी गरेका छन्।
विगतका योजनालाई निरन्तरता दिनुपर्ने उद्देश्यका साथ तैयार गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष वाग्लेले यसलाई ‘विगतको निरन्तरता’ मात्र भएको बताए। “विगतमा असफल भएका भूमि बैंकलगायत कार्यक्रमलाई जोडिएको छ। नयाँ कार्यक्रम कुनै छैन,” वाग्लेले भने, “कार्यक्रममा कुनै कल्पनाशिलता देखिन्न, छोटो रूपमा कार्यक्रम ल्याइएको पाटोलाई भने सकारात्मक रूपमा लिन सकिन्छ।”
उनले सरकारको वर्तमान योजना विगतका कमजोरी सुधार गर्न असफल भएको समेत उल्लेख गरे। नीतिगत तथा कार्यान्वयन पक्षमा नवीन सोचको अभाव रहेकाले आगामी वर्षको विकास अपेक्षा अनुरूप नहुने उनको तर्क थियो।