१९ वैशाख, काठमाडौँ । नेकपा एमालेले संसद्मा नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका लागि भोलि दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रमुख सचेतक महेश बर्तौलाका अनुसार नेताहरूले संसद्मा प्रस्तुत हुने तयारीबारे आवश्यक ब्रिफिङ गर्ने कार्यक्रम तय गरिएको छ।