२० वैशाख, काठमाडौँ । नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिक दलहरूको आलोचना गर्दै ती दलहरू राज्य दोहनका साधन बनेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ ९एनआरएनए० को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, “लोकतन्त्रमा दलहरू विचारका वाहक हुनु पर्छ, तर हाम्रो दलहरू स्वार्थ समूहमा परिणत भइसकेका छन्।”
भट्टराईका अनुसार, नेपालको राजनीतिक दलहरूले विचार, सिद्धान्त र आदर्शमा भन्दा चुनाव जित्ने र सत्ता हत्याउने स्वार्थमा मात्र ध्यान केन्द्रित गरेका छन्। उनले थपे, “दलहरू अहिले राजनीतिक विचार र नैतिकता भन्दा पनि सत्ता सिङ्गो गर्नका लागि मात्र सक्रिय भएका छन्।”