२० वैशाख, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेसले सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ।
शनिबार बसेको संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसले नीति कार्यक्रममा समेटिएका धेरै विषयहरूलाई राष्ट्रिय आवश्यकता मानेको र आफूहरूका चाहनासमेत समेटिएकाले समर्थन गर्ने निष्कर्ष निकालेको जानकारी दिए।
बैठकमा कांग्रेसले बजेट निर्माण प्रक्रिया नीति कार्यक्रम कार्यान्वयनमै केन्द्रीत हुनुपर्नेमा जोड दिएको छ। साथै, संसद्मा विधेयक निर्माण प्रक्रिया सुस्त भएको भन्दै त्यसलाई गति दिन कांग्रेसले सक्रिय भूमिका खेल्ने निष्कर्षसमेत निकालिएको छ।