स्वास्थ्य

तीन बुँदे सहमति पछि रोकियो चिकित्सक आन्दोलन

२० वैशाख, काठमाडौँ । आवासीय चिकित्सकहरूको आन्दोलन स्वास्थ्य मन्त्रालयसँग तीन बुँदे सहमति भएसँगै आवासीय चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीचको छलफलपछि चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन, म्याचिङ प्रक्रिया छिट्टै सुरु गर्ने निर्देशन, र बिदासम्बन्धी विषयमा कार्यदल गठन गरी समाधान खोज्ने सहमति भएको हो।

मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका सहमतिको  यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।