समाचार

एमालेले सचिवालय बैठक दिउँसो दुई बजे

२१ वैशाख ,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।