२१ वैशाख ,काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १०.४९ प्रतिशतले वृद्धि नाफा आर्जन गरेको । कम्पनीका अनुसार झन्डै ४ करोडले नाफा कमाएको हो।
चैत मसान्तसम्म कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको हो भने गत वर्षको यसै अवधिसम्म ३३ करोड १५ लाख रुपैयाँ कमाएको कम्पनीको खुद रहेको थियो।
अब कम्पनीको जीवन बीमाकोषमा ११ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।अघिल्लो वर्षको यसै अवधिमा ८ अर्ब ३७ करोड रुपैयाँ थियो। गत वर्ष कम्पनीको तुलनामा कम्पनीको बीमाशुल्क वृद्धि भएर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ रहेको बताइएको छ।
चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा करिब २३ करोड रुपैयाँ र जगेडा कोषमा साढे ४२ करोड रुपैयाँभन्दा बढी रकम रहेको कम्पनीले बताएको छ।
कम्पनीको कुल आम्दानी पनि गत वर्ष ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ पुगेको छ।