राजनीति

तीनकुने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाह हुन् तुरुन्त पक्राउ गरियोस् : सांसद सुनार  

२१ वैशाख ,काठमाडौँ। आज आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नेकपा माओवादी केन्द्रका सांसदले गरेका छन्।  बैठकमा बोल्दै सांसद भुवनबहादुर सुनारले शाहलाई पक्राउ गर्न ढिलाइ भएको भन्दै तत्काल पक्राउ गर्न सरकारसँग माग गरेका हुन्। 

 तीनकुनेमा उत्पात मच्चाएर माइक्रो म्यानेजमेन्ट मिलाउने शाह नै हुन् भन्दै सांसद सुनारले शाहलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ भएकभन्दै तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका हुन्। 

तीनकुनेको हिंसात्मक घटनामा परी दुई जनाको ज्यान गएको थियो। सरकारी तथा निजी सवारी साधन तथा भवनहरूमा आगजनी साथै लुटपाट गरिएको थियो। 

तीनकुने घटनामा मुख्य योजनकार पूर्व राजा शाह नै हुने भनेर आरोप लागिरहेको बेला सांसद सुनारले उनलाई पक्राउ गर्न माग गरेका हुन् ।