ब्रेकिङ न्युज

महामन्त्री थापाको प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै भने : हामी बिँडमा पोलिँदैछौं, ताप्के घुमीघुमी रमाउँदैछ

२१ वैशाख, काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले सरकारप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन्।

एक अन्र्तवार्तामा कुराकानी गर्दै महामन्त्री थापाले युद्धस्तरको कामको अपेक्षा गर्दा ‘हामी बिँडमा पोलिँदैछौं, ताप्के घुमीघुमी रमाउँदैछ’ अवस्था देखिएको भन्दै उनले सरकारलाई ढिलासुस्त र प्राथमिकता विहीन भनेका छन्।

थापाका अनुसार, नेताहरु उत्सवको मूडमा रमाइरहेका बेला जिम्मेवारी बोध गर्नेहरुमा छटपटी मात्र बाँकी छ। ‘सरकार असफल होस् भनेर होइन, सफल होस् भनेर प्रश्न उठाएको हुँ’, उनले स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री प्रचण्डको सरकार जस्तै ओली सरकार पनि निष्क्रिय बनेको आरोप लगाउँदै थापाले सरकारको गम्भीरता अभावप्रति चिन्ता व्यक्त गरे।