२१ वैशाख, काठमाडौँ । सरकारसँग सहमति गरिएको भनिए पनि ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’ले आन्दोलन जारी रहेको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा सहमति भएको भनी आएका समाचार प्रति आपत्ति जनाएको हो।
शनिवार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र केही आवासीय चिकित्सकबिच छलफलपछि चार बुँदे सहमति भएको थियो ।
सरकारले पटक-पटक कार्यान्वयनको लागी निर्देशन दिने बाहेक कुनै ठोस कदम नचालिएको भन्दै आन्दोलन जारी नै राख्न बाध्य भएको सङ्घर्ष समितिले जनाएको छ। उनीहरूले सरकारसँग अहिलेसम्म कुनै पनि सहमति नभएको बताएको हो।
