समाचार

राष्ट्रपतिद्वारा राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन

२१ वैशाख, लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा उनको शालिक अनावरणका गरेका छन्। उनले राष्ट्रकवि घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गरेका हुन् ।

साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट गरेका छन् । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक निर्माण गरिएको हो ।

राष्ट्रकवि माधव घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । उनको २०७७ साल भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौँमा निधन भएको हो ।