समाचार

योगेश भट्टराई भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न किन मानेनन् ?

२१ वैशाख, काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले आफूले सम्बन्धित मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न अस्वीकार गरेका छन् । उनले आफूमाथि पनि प्रश्न उठेकाले आफू नबस्ने बताएका हुन्। 

 विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारी सम्हालेका व्यक्ति छानबिन समितिमा बस्न नहुने भट्टराईको भनाइ छ ।

आज बसेको लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन्। यस अघि पोखरा विमानस्थलको निर्माण अध्ययन समितिले आफ्नो प्रतिवेदन लेखा समितिलाई बुझाइ सकेको छ भने भैरहवा विमानस्थलको निर्माण अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छैन। 

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न १४ असार २०८१ मा छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको थियो ।