राजनीति

नीति तथा कार्यक्रममाथि छलफल गर्न एमाले सचिवालय बैठक च्यासलमा 

२१ वैशाख, काठमाडौँ ।   नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। आज दिउसो दुई बजे बस्ने भनिए पनि बैठक ढिला गरी सुरु भएको हो। 

बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गरिने छ भने समसामयिक राजनीतिबारे पनि चर्चा हुने बताएको छ। 

सरकारको नेतृत्व गरिरहेको एमालेले आफ्नो कार्यकालमा आउने बजेटका बारेमा थप धारणा बनाउने बताइएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते  सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भैसकेको छ।