२१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोक मार्ग अभियान सञ्चालन गर्ने भएको छ।
आज आइतबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
माओवादी केन्द्र यसअघि सञ्चालन गरेको तराइ मधेस हुलाकी मार्गकेन्द्रित अभियानको समीक्षा गरेको छ।
माओवादीले उक्त अभियान सफलतापुर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै फेरी अर्को पहाडी लोकमार्ग केन्द्रित अभियान घोषणा गरेको हो।