२१ वैशाख, काठमाडौँ। सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा देश अघि बढेको निष्कर्ष निकालेको छ। आज आइतबार बसेको सचिवालय बैठक पछि जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन्।
ज्ञवालीले राजनीतिक स्थायित्वलाई खलबल्याउन सक्रिय रहेका पक्षहरू कमजोर हुँदै गएको पार्टीले निष्कर्ष निकालेको बताए। अब देश स्थिरताको बाटोमा रहेको उपमहासचिव ज्ञवालीले बताए।
दिउसो २ बजे बस्ने भनिएको बैठक अबेर सुरु भएको थियो। उक्त बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको नीति ताता कार्यक्रमको बारेमा समेत छलफल गरेको बताइएको छ।