समाचार

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबिच सिंहदरबारमा भेटवार्ता 

 २१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ता भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा उनीहरू बिच भेटवार्ता भएको हो। 

सङ्क्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल गर्न दुई नेताबिच  भेटवार्ता भएको बताइएको छ। भेटमा एमाले नेता अग्नि खरेल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी भएका छन्।