समाचार

एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

२१ वैशाख, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिम्कतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभित्र विषय समेटेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरू माग बिस्तारै पूरा गर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यक्रमअन्तर्गत आज मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो । कार्यक्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी थिए । उनले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।