२१ वैशाख, काठमाडौँ । क्यान्सर पीडित दुर्गा प्रसाईंको उपचारको व्यवस्था गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। तर, ज्यानसम्बन्धी कसुरमा बयान बाँकी रहेको भन्दै उनलाई तारेख वा जमानीमा छाड्न नमिल्ने बताइएको छ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले स्वास्थ्य उपचार सुनिश्चित गर्न आदेश दिए पनि उनी हिरासतबाट मुक्त हुने छैनन्। यसअघि पनि उपचारका लागि आदेश भए पनि उनी प्रहरी हिरासतमै थिए।