२२ वैशाख, काठमाडौँ । नियम विपरीत काम गर्ने ११ वित्तीय संस्थालाई राष्ट्र बैङ्कले कारबाही गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा आफ्नो निर्देशन बमोजिम काम नगरेको भन्दै राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैङ्कलाई कारबाही गरेको हो ।
त्यस्तै, राष्ट्र बैङ्कले तीन विकास बैङ्क र तीन वित्त कम्पनीलाई पनि कारबाही गरेको छ। राष्ट्र बैङ्कले उक्त बैङ्कका सञ्चालकलाई सचेत गराएको छ।
कारबाहीमा परेका अन्य वित्तीय संस्थामा मुक्तिनाथ विकाश बैङ्क,नारायणी डेभलपमेन्ट बैङ्क, सालपा विकाश बैङ्क,पोखरा फाइनान्स,जानकी र गोर्खाज फाइनान्स रहेका छन्।