समाचार

अमेरिकापछि पोर्चुगलले झन्डै २० हजार विदेशीलाई देश निकाला गर्ने सङ्केत 

२२ वैशाख, काठमाडौँ । अमेरिका पछि पोर्चुगलले पनि  विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरेको छ। उसले आम निर्वाचन अगाडी १८ हजार विदेशीलाई देश छोड्न निर्देशन दिएको हो। 

पोर्चुगलमा मे १८ मा हुन लागेको निर्वाचन अगाडी उसले विदेशी नागरिकलाई देश छोड्न २० दिनको समय दिने बताएको छ। 

अवैधानिक ढङ्गले बसोबास गरिरहेका विदेशीलाई आफ्नै देश फर्काउने अभियान पोर्चुगलले सुरु गरेको बताएको छ। उक्त कुरा चुनावी अभियानका क्रममा  एक मन्त्री एन्तोनियो लेइतो अमारोले बताएको र यसको लागी पोर्चुगलले औपचारिक सूचना जारी गर्ने तयारी गरेको बताएको छ। 

सुरुमा  ४५ सय विदेशीलाई देश छाड्न मौका दिने र बाकीलाई अभियान चलाएर पठाउने  तयारी सरकारको रहेको बताइएको छ।