२२ वैशाख, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षण रेशम चौधरी पक्राउ गर्नुको कारण माग गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सो पार्टीका सांसद लालवीर चौधरीले सरकारले चित्तबुझ्दो जवाफ नदिए सरकारबाट हट्ने चेतावनी समेत दिएका छन्।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकीकरणको गर्ने भनिएको वैशाख १७ गते संरक्षक चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्याइएको थियो। उनी ५ घण्टा बसेर कारागार मुक्त भएका थिए। नाउपाले आफ्नो पार्टीको संरक्षण पक्राउ पर्नुको कारण तत्काल संसदलाई जानकारी गराउन माग गरेको हो।
आजैको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले रेशम चौधरी पक्राउको न्यायिक छानबिन गर्न माग गरेका हुन्।
त्यस्तै,लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरी पक्राउ गरेर बहादुरी देखिएको टिप्पणी गरे छन्। उनले राज्यले सिके राउत माथि पनि यस्तै प्रतिसोध साधेको पनि बताए।