२२ वैशाख, काठमाडौँ । वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको प्रति टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा उनले पाएको सजायको भन्दा पनि त्यो काम कुन पार्टी र कुन नेताले गर्न उक्साएका होलान्? भन्दै प्रतिक्रिया जनाएका हुन्।
कुन पार्टीका कुन नेताले उक्साए भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै पत्रकार नेपालले भ्रष्टाचार गर्नमा राजनीतिक छाँया महत्त्वपूर्ण रहेको भन्ने सङ्केत गरेका छन्। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल प्रिन्टिङ मेसिन खरिदसँग सम्बन्धित मुद्दामा दोषी ठहर भएका थिए। उनलाई अदालतले कैद सहित १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र त्यति नै रकम बिगो असुल गर्ने फैसला गरेको थियो।
पत्रकार नेपालले लेखेका छन्,’ सुरक्षण मुद्रणका कार्यकारी निर्देशकलाई विशेष अदालतले १३ करोड ५८ लाख ५२ हजार जरिवाना र दुई वर्ष कैद सजाय तोकेछ । विशेष अदालतको फैसला न्यायोचित नै होला ।तर, कार्यकारी निर्देशकलाई त्यो काम गर्न कुन पार्टीका कुन नेताले उक्साएका थिए ? त्यो पो महत्त्वपूर्ण हो ।’