२२ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सत्ता पक्ष बाटै असन्तुष्टि प्रकट भएको बताएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले जनतामा आशा जगाउन नसक्ने बताएका हुन्।
आफ्नै सांसदलाई उत्साह दिन नसक्ने नीति तथा कार्यक्रमले जनतालाई सन्तुष्टि दिनै नसक्ने अध्यक्ष दाहालको भनाइ छ। ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन।
छलफलमा नजाँदै देखिएका यी परिदृयहरुले यी नीति तथा कार्यक्रम कसका लागि र कस्तो आएछ भन्ने अनुमान गर्न सकिने उनले बताए।