२२ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले कुलमान घिसिङलाई पदबाट हटाएर दुनियाँलाई लज्जित पारेको टिप्पणी गरेका छन्। उनले आज सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्।
कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुखबाट हटाउन सरकारले महिनौँसम्म मेहनत गरेको उनको आरोप छ।
अध्यक्ष दाहालले सरकार गठन भएपछि सरकारको ध्यान अन्यत्रै गयो बताउँदै भने,’ कतिसम्म भने एउटा अड्डाको प्रमुख हटाउन तपाईंहले दर्जन बढी निर्णय गर्नुभयो। महिनौँसम्म मेहनत गर्नुभयो। एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाएरै छोड्नुभयो। बहादुरी देखाउनु भयो । ‘
अध्यक्ष दाहालले कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निस्किासित गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे। बिजुलीको अबौं बक्यौता नतिर्नेलाई सरकारले खुसी पारेको आरोप लगाए।