२२ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार आर्थिक सुधार, भ्रष्टाचार अन्त्य, दण्डहीनताको अन्त्य र सुशासनको कुरामा चुकेको आरोप लगाएका छन्।
आज संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकार बनाउँदाको सात बुँदेअनुसारको संविधान पुनरावलोकन सम्बन्धी कुनै काम हुन नसको बताएका हुन्।
उनले सरकारबारे आफ्नो पार्टी भित्र समान धारणा रहेको पनि बताए। कतिपय मिडियामा आएका कुरा सत्य नभएको उनको भनाइ छ।
वरिष्ठ नेता कोइरालाले केन्द्रमा बनेको संयन्त्र पालीका स्तरसम्म बनाउनु गलत हुने प्रतिक्रिया दिए। उनले डेमोक्रेटिक सिस्टममा जाने हो भने सरकारभित्र मात्र संयन्त्र बनाउनु पर्ने बताए।