समाचार

नेविसंघलगायतका विद्यार्थी सङ्गठनले गरे आर आर क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड

२२ वैशाख, काठमाडौँ ।रत्न राज्य लक्ष्मी आर आर क्याम्पस प्रमुख पदम अधिकारीको कार्यकक्ष तोडफोड भएको छ। नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ लगायतका सङ्गठनले आरआर क्याम्पसका प्रमुखको कार्यालय तोडफोड  गरेको बताइएको छ। 

विद्यार्थीहरूले तोडफोड गरेको कुर्सी फालेको देखिएको छ।  आरआरमा सहमतिको आधारमा स्ववियु कमिटी घोषणा गरेपछि असन्तुष्ट समूहले तोडफोड गरेको  क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए।  सुर्यखबरसँग  कुरा गर्दै उनले अराजक गुण्डा गर्दी शैलीमा कार्यालय तोडफोड हुनु दुखद भएको प्रतिक्रिया दिए। 

विभिन्न सङ्गठनको आडमा भएको यस घटना  निन्दनीय भएको उनको भनाइ छ।