समाचार

शिक्षक महासङ्घको माग सम्बोधन गर्ने गरी विधेयक प्रतिवेदन लेख्न समय थपियो 

२२ वैशाख, काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेख्न बनेको उपसमितिको समय १० दिन थप गरिएको छ । शिक्षक महासङ्घको माग सम्बोधन गर्ने गरी प्रतिवेदन लेखनको लागी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले थप समय प्रदान गरेको हो। 

उपसमिति संयोजक छविलाल विश्वकर्माले रहेका छन्। उनले प्रतिवेदन तयार गर्न समय माग गरेपछि समय थपिएको बुझिएको छ। 

 उपसमितिलाई ३५ दिनको समय गुजारी सकेको छ । उपसमितिले हालसम्म  ३९ वटा बैठक बसेको थियो। शिक्षक महासङ्घ र सरकारबिच भएको सहमति अनुसार  १५ असारभित्र विद्यालय शिक्षा ऐन जारी गरिसक्नु पर्ने छन्। 

 उपसमितिले तयार गरेको प्रतिवेदन समितिलाई बुझाएर समितिले पारित गरेपछि मात्रै ऐन निर्माणको लागी संसद्मा पेस गरिने छ।