२२ वैशाख, काठमाडौँ । शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजहरूलाई स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहसरह मासिक रु. ४८,७३७ तुरुन्त दिन चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय स्मरण गराएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक शिक्षण संस्थाले जस्तै निजी संस्थाले पनि चिकित्सकलाई समान भत्ता दिनुपर्ने निर्णय गरेको हो।
आन्दोलनपछि काममा फर्किएका चिकित्सकलाई हतोत्साहित नगर्न र शैक्षिक गतिविधिमा असर नपार्न समेत विश्वविद्यालय तथा सम्बद्ध निकायलाई मन्त्रालयले आग्रह गरेको छ।