राजनीति

अध्यक्ष दाहाल भेट्न अर्थमन्त्री पौडेल खुमलटारमा

२३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ । भेटवार्ताकोतास्विर अध्यक्ष दाहालको सचिवालयले सार्वजनिक गरेको थियो।

आजको भेटलाइ निकै अर्थपूर्ण तरिकाले हेरिएको छ। हिजो संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष दाहालले संसदमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिएर असन्तुष्टी राखेका थिए। अघिल्ला सम्बोधनको तुलनामा नरम देखिएका दाहालले आगामी आर्थिक बर्षको बजेटका सन्दर्भमा आफ्ना धारणा राखेका थिए।