राजनीति

रेशम चौधरी पक्राउको निष्पक्ष छानबिन होस्: अध्यक्ष रञ्जिता श्रेष्ठ 

२३ वैशाख, काठमाडौँ । आज बसेको प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी पक्राउको निष्पक्ष छानबिन हुने पर्ने  माग गरेकी छन्। एउटा व्यक्तिको रिसीबीलाई कानुनभन्दा माथि राखिएको भन्दै त्यसको गहिरो अध्ययन हुनुपर्ने बताईन। 

उनले यो घटना केवल एक जनाको गिरफ्तारी होइन, सङ्घीयता, समावेशिता र लोकतन्त्रप्रतिको आस्थामा चोट लागेको बताईन। वैशाख १७ गते भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन सहित आफ्नो पार्टीले जवाफको प्रतीक्षा गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ। 

आफूहरू सरकारमै रहेको भन्दै एउटा जनप्रतिनिधि भइसकेको, पार्टीको संरक्षक कार्यक्रम स्थलबाटै कसरी पक्राउ हुन्छन् ? भन्दै सरकारलाई प्रश्न गरेकी छन्।