समाचार

संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

२३ वैशाख, काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरूले संसद्मा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन जारी गरेका छन्। उनले सरकारका बारेमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरू सभामा उठेर विरोध जनाए पछि सभामुख घिमिरेले जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। सभामुख घिमिरेले सरकारको जवाफ बिना संसद् अघि बढ्न नसक्ने र सरकारलाई जबाफदेही हुन आग्रह गरेका थिए ।