राजनीति

सरकारले माधव नेपाललाई राजनीतिक प्रतिसोध साधेर बयान लियो: सांसद झा 

२३ वैशाख, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिस झाले पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राजनीतिक प्रतिसोध साधेर बयान लिएको आरोप लगाएका छन्। 

आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाललाई लिएको बयान राजनीतिक प्रतिसोध भएको टिप्पणी गरेका हुन्। 

सांसद झाले आफ्ना पार्टी सभापतिलाई पनि राजनीतिक प्रतिसोधका आधारमा दुख दिएको बताए। उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी माथि पनि सोही प्राकृतिक घटना भएको भन्दै आपत्ति जनाए।  

यस्तै राजनीतिक प्रतिसोधका घटना भइरहेको अवस्थामा चुप लागेर बस्न नसकिने सांसद झाको चेतावनी छ।  उनले यस्ता घटनालाई आफूहरूले हेरिरहेको भन्दै सरकारलाई सचेत गराए ।