२३ वैशाख, काठमाडौँ । पूर्व सचिव शारदा प्रसाद त्रितालले सांसद मनिष झाको भनाइलाई दुखद भनेका छन्। उनले एक अनलाइनमा आएको समाचारलाई शेयर गर्दै पूर्व प्रधानमन्त्री माधव नेपाललाई अख्तियारले लिएको बयानलाई सांसद झाले राजनीतिक प्रतिसोध भन्नु स्वाभाविक मान्न नसकिने सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
उनले अघि लेखेका छन्,’ बाहिर आएका तथ्यहरूका आधारमा विश्लेषण गर्दा काभ्रेमा पतञ्जलिले लिएको भनिएको जग्गा सम्बन्धमा ठुलो नीतिगत भ्रष्टाचार भएको देखिन्छ। यस विषयमा अख्तियारले माधव नेपाललाई बयान लिनु राजनीतिक प्रतिसोध भन्नु स्वाभाविक मान्न नसकिने बताएका हुन्। उनले अझ संसद्मा मनिष झाले भन्नु दुखद भएको पनि उल्लेख गरेका छन्।
त्यस्तै रास्वपाबाट निष्कासित पूर्व महासचिव मुकुल ढकालले सांसद झाले आज संसद् बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिनु राजनीतिक प्रतिसोध भएको भन्नु दुर्भाग्यपूर्ण र लज्जास्पद भएको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले यस्तो बताएका हुन्। उनले लेखेका छन्,’ बालुवाटार जग्गा घोटाला प्रकरण उजागर गर्ने पूर्व सचिव शारदा प्रसाद त्रितालज्यूको भनाइसँग म पूर्णतः सहमत छु। माधव नेपाललाई सोधपुछ गरिएको विषयलाई ‘राजनीतिक प्रतिशोध’ भन्ने प्रवृत्ति दुर्भाग्यपूर्ण र लज्जास्पद छ।’

