२३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद योगेशकुमार भट्टराईले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम युवालक्ष्यित एवं लगानीमैत्री भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले नीति तथा कार्यक्रममा युवालाई रोजगारी दिने र लगानी गर्नेका लागि उपयुक्त नीतिको सुनिश्चितता गरिएको बताए ।
“एकीकृत योजना बैङ्कको व्यवस्था, औद्योगिक, वातावरण र युवाकेन्द्रित नीति तथा कार्यक्रम छन्, कृषि, उद्योग, उत्पादन, पूर्वाधार विकासका निम्ति नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ”, सांसद भट्टराई भने ।
उनले विश्वका विभिन्न भागमा छरिएर रहेका नेपालीको पुँजीलाई एकीकृत गर्न सकेमा देशको आर्थिक विकासका निम्ति अरुको मुख ताक्नुपर्ने अवस्था नआउने तर्क गरे । ऊर्जा, कृषि, पर्यटनका माध्यमबाट मुलुकको उन्नति हुने उनको अभिमत थियो । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सांसद भट्टराईले
“छिमेकी मुलुकलाई विद्युत् बेच्छौँ, सस्तो बेच्ने महँगोमा किन्ने गर्नु हुँदैन, यो स्थितिलाई अन्त्य गर्न जरुरी छ ।