२३ बैशाख, काठमाडौँ । नेपालका उद्योगपति तथा सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजना गरिएको फिलान्थ्रपी एशिया एलायन्स २०२५ कार्यक्रममा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्ससँग विशेष भेटवार्ता गरेका छन्।
भेटमा नेपालका स्वास्थ्य सेवा, बालपोषण र रोजगारीका जटिल पक्षहरूबारे विस्तृत छलफल भएको बताइएको छ।
चौधरीले भूकम्प, महामारी र सामाजिक क्षेत्रमा गेट्स फाउन्डेसनले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै साझेदारीलाई अझ बलियो बनाउने इच्छा व्यक्त गरे।