राजनीति

एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान, पाँच जना घाइते

२३ बैशाख, काठमाडौँ । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशनमा उम्मेदवारको अन्तिम नामावलीमा विवाद भएपछि झडप भएको छ।

भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच भएको झडपमा पाँच जना घाइते भएका छन्, जसमा सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ।

निर्वाचन समितिमाथि कुर्सी प्रहारसमेत भएको जनाइएको छ।