प्रवास

एकताबद्ध एनआरएनएका लागि क्रियाशील रहनेछु : अभियन्ता डा. पौडेल

२३ वैशाख, काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व महासचिव एवं एनआरएनए अभियन्ता डा. केशव पौडेलले एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको टिमलाई बधाई ज्ञापन गरेका छन् ।

डा. पौडेलले विज्ञप्ति जारी गर्दै आफू एकताबद्ध एनआरएनएको पक्षमा दृढ रहेको स्पष्ट पारेका छन्। उनले यसपटक कुनै पनि पदमा उम्मेदवारी नदिइ बाहिरबाट सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

“म जहिले पनि एकताबद्ध एनआरएनएको पक्षमा रहँदै आएको छु,” पौडेलले भनेका छन्, “त्यसैले मैले यसपटक कुनै पनि पदमा नरहेर बाहिरबाटै सहयोग गर्ने निधो गरें।”

“आउँदा दिनमा पनि एकताबद्ध एनआरएनए अभियानको लागि क्रियाशील रही रहने विश्वास दिलाउन चाहन्छु,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

डा. पौडेलले आफूलाई सघाउनकै लागि विभिन्न मुलुकबाट आएका मित्रहरु निराश भएको भन्दै क्षमायाचना गरेका छन् ।
आफ्ना सुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्,‘आउँदा दिनमा पनि एकताबद्ध एनआरएनए अभियानको लागि क्रियाशील रही रहने विश्वास दिलाउन चाहन्छु।’