ब्रेकिङ न्युज

भारत-पाकिस्तान द्वन्द्व : भारतले बन्द गर्‍यो पाकिस्तान जाने नदी

२३ वैशाख, भारत ।  पहलगाम घटनापछि भारतले पाकिस्तानतर्फ बग्‍ने चेनाव नदीको प्रवाहलाई रोकिदिएको खबर सार्वजनिक भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जम्मुस्थित सलाल बाँधको केवल एक ढोका मात्र खोलेर पानीको बहाव सीमित गरिएको हो।

बीजेपी आईटी सेल प्रमुख अमित मालवीयले सामाजिक सञ्जालमा बाँधको भिडियो साझा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कडा निर्णय लिएको दाबी गरेका छन्। तर मोदी सरकारले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।