समाचार

धितोपत्र बोर्डले कमिसन मागेको भन्दै छानबिन गर्न माग 

२४ वैशाख, काठमाडौँ ।  धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिनलाई कमिसन मागेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यस विषयमा  छानबिन गर्नु पर्ने  भन्दै रकारको ध्यानाकर्षण गराएका हुन्। 

बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेपछि सभामुखले समय दिएका थिए। माओवादी केन्द्रका सांसद सापकोटाले यस विषयमा   भरपर्दो संयन्त्रमार्फत छानबिन गर्न माग गरे। ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको विषयमा सरकारले जवाफ दिनु पर्ने उनको भनाइ छ। 

यस विषयमा सभामुखले सरकारलाई जवाफको लागी रुलिङ गर्नुपर्ने  विपक्षी दलहरूको माग छ।