२४ वैशाख, काठमाडौँ । सानिमा बैङ्क लिमिटेडले इन्फरमेसन सेक्युरिटी पदमा कर्मचारी माग गरेको छ ।बैङ्कले एक सूचना मार्फत उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि दरखास्त आह्वान गरेको हो।
बैङ्कले शैक्षिक योग्यता कम्प्युटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्ने बताएको छ । साथै सीईएच, सिआईएसए, सिआईएसएसपी वा सिआईएसएममध्ये कुनै एक प्रमाणपत्र अनिवार्य भनेको हो। जेठ २ गतेभित्र आवेदन दिनु पर्ने भनिएको छ।
सूचनामा इच्छुक व्यक्तिको उमेर ४० वर्ष ननाघेको र कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनु पर्ने उल्लेख छ।