समाचार

भारत-पाकिस्तानको युद्धपछि राष्ट्रिय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा

२४ वैशाख, काठमाडौँ । आज गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ। भारत र पाकिस्तानबिच तनावको बढेपछि आज सुरक्षा समितिको बैठक बसेको हो। 

बैठकमा नेपाल सरकारका बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति छ ।

त्यस्तै,नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी ,राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता रहेको बताइएको छ। 

छिमेकी देश भारत र पाकिस्तानबिचको युद्धका कारण नेपलामा पर्न सक्ने असरका विषयमा  छलफल गर्न बैठक बसेको बताइएको छ।  बैठकले  सिमा क्षेत्रको सुरक्षामा कडाइ गर्ने निर्णय गरेको बुझिएको छ।